सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा आगलागी नियन्त्रणमा चुनौती, चार वर्षमा सवा खर्ब क्षति 


काठमाडौं – वर्षेनि आगलागीका कारण ठुलो धनजनको क्षति हुने गरेका छन् । पछिल्लो समयमा यस्ता घटनाहरू बढी रहेको प्रहरीको तथ्यांकले देखाएको छ । सानो गल्तीले गर्दा आगलागी भएका घटनाहरू धेरै बाहिरिने गरेका छन् । प्रायजसो आगलागी विद्युत् सर्ट, ग्यास लिक, लापरबाही, प्राकृतिक कारण (चट्याङ) र खुला ठाउँमा आगोको प्रयोग जस्ता कारणले हुने गर्दछ । 

यीनै सामान्य गल्तीले नै गर्दा भयानक क्षति भोग्नु पर्ने हुन्छ । सुदूरपश्चिम प्रदेशमा मात्र वर्षनि आगलागीले गर्दा करोडौँको सम्पत्ति नाश हुने गरेको प्रहरीको तथ्यले देखाएको छ । प्रदेशमा प्रत्येक वर्ष आगलागीबाट हुने घटनाहरू बढी रहेको र त्यसबाट हुने क्षतिको आकारमा पनि वृद्धि हुँदै गएको तथ्यांकले देखाएकाे छ ।

प्रहरी उपरिक्षक प्रकाश मल्लले आगलागीका घटनाको न्यूनीकरणका लागि जनचेतना मार्फत के कारणले आगलागी हुने गर्छन्, यसबाट हुने क्षति, कसरी रोकथाम गर्न सकिन्छ भनी सर्वसाधारणलाई बताउनका लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने गरेको बताए ।

प्राविधिक कारणले आगलागी हुने अवस्था देखिएमा सम्बन्धित निकायसँग समन्वयन गरी कारबाहीको दायरामा ल्याउने गरेको उनले बताए । नियतवश आगलागी गराउनेलाई प्रहरीले कारबाही गरी कानुनको डर सिर्जना गर्ने गरेको मल्ल बताउँछन् । लापरबाहीको घटनाहरूमा धेरैजसो बालबालिकाहरू पर्ने गरेकाले यस सम्बन्धी घटनामा प्रहरीले कारबाही गर्न सक्ने अवस्था नरहेको उनले बताए । 

आर्थिक वर्ष २०७८/२०७९ मा सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लामा आगलागीका कारण ७ करोड ६५ लाख ४४ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो । यस प्रदेशको कैलालीमा ४ करोड २६ लाख, कञ्चनपुरमा १ करोड ७३ लाख,  डोटीमा ५७ लाख, अछाम २८ लाख, बाजुरामा ५१ लाख, बझाङमा ३२ लाख, बैतडी ३५ लाख, डडेलधुरा ४ लाख, दार्चुलामा ४ लाख बराबरको सम्पत्ति क्षति भएको मल्ल बताउँछन् । 

प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/२०८० मा १० करोड ७ लाख ४१ हजार रुपैयाँ बराबरको सम्पत्ति नाश भएको थियो । यस प्रदेशको कैलालीमा ८९ लाख ७८ हजार, कञ्चनपुरमा ७६ लाख ९ हजार, बाजुरामा ६० लाख ७२ हजार, बझाङमा ७ करोड ७० लाख, बैतडीमा २ लाख, डडेलधुरा ७ लाख, दार्चुलामा १५ लाख बराबरको सम्पत्ति क्षति भएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८०/२०८१ मा १४ करोड ८६ लाख ५६ हजार रुपैयाँ बराबरको सम्पत्ति नाश भएको तथ्यांकले देखाएकाे छ। प्रहरीका अनुसार यस प्रदेशको कैलालीमा ९करोड १० लाख, कञ्चनपुरमा ९८ लाख, डोटीमा ४ लाख, बाजुरामा ९४ लाख, बझाङमा १ करोड ६५ लाख, बैतडीमा १ करोड २२ लाख, डडेलधुरा १ करोड १८ लाख, दार्चुलामा १२ लाख बराबरको सम्पत्ति नोक्सानी भएको थियो । 

चालु आर्थिक वर्ष २०८१/२०८२ को वैशाखसम्ममा २५ करोड ३८ लाख ७३ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो । यस प्रदेशको कैलालीमा ६ करोड ४ लाख, कञ्चनपुरमा ४ करोड १ लाख, डोटीमा १५ लाख, अछाममा ११ करोड ९९ लाख, बाजुरामा २ करोड ५ लाख, बझाङमा ३ लाख, बैतडीमा ३३ लाख, डडेलधुरा ३८ लाख, दार्चुलामा ३७ लाख बराबरको सम्पत्ति नाश भएको प्रहरी प्रवक्ता मल्लले सुदूरपश्चिममा मात्र वर्षनी आगलागीले गर्दा हुन्छ करोडौँको सम्पत्ति नाश भएकाे बताए।