दुई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम मौका 

दुई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम मौका 


बैकिङ्ग समाचार काठमाडौं 
दुई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि बुधबार अन्तिम दिन रहेको छ । बिजय र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनले चैत १६ गते बुकक्लोज गर्नेछ । बुकक्लोज गरेसँगै भोलिसम्म कायम सेयरधनीहरुले मात्रै यी दुईवटा संस्थाको प्रस्तावित लाभांश पाउने भएको हो । बिजय लघुवित्त वित्तीय संस्थाले गत आव २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २० % बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ ५ नगद लाभांश प्रस्ताव गरेको छ । सोही प्रस्तावित लाभांश पारित गर्न संस्थाले चैत २८ गते बिजय विकास केन्द्र गैडाकोट नवलवरासीमा बिहान ११ः३० बजे बस्नेगरी १०औं साधारण सभा बोलाएको छ ।

त्यस्तै, कालिका लघुवित्तले गत आवको मुनाफाबाट १९%   बोनस सेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश गरी कुल २० % लाभांश प्रस्ताव गरेको छ । सोही प्रस्तावित लाभांश पारित गर्न संस्थाले चैत २९ गते होटल टास्क इन्टरनेशनल प्रा।लि।पोखरामा बिहान ९ बजे बस्नेगरी १३औं साधारण सभा बोलाएको छ ।