सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सिइओमा बीरेन्द्र बैदवार क्षेत्री नियुक्त

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सिइओमा बीरेन्द्र बैदवार क्षेत्री नियुक्त


 
बैंकिङ्ग समाचार, काठमाडौं । 

 सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा बीरेन्द्र बैदवार क्षेत्री नियुक्त भएका छन् ।

 कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले फागुन १७ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षको लागि क्षेत्रीलाई सिइओ पदमा नियुक्त गरेको हो ।

साथै सोही बैठकले सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठलाई बीमक गाभ्ने।गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका २०७६ को दफा १० को उपदफा ६ बमोजिम सल्लाहकारमा नियुक्त गरेको छ ।