नागरिक लगानी कोषको २५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

नागरिक लगानी कोषको २५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी


बैंकिङ्ग समाचार, काठमाडौं ।

नागरिक लगानीकोषको संस्थापक तर्फको २५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्रीमा आएको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर चैत १३ गतेदेखि २० गतेसम्मका लागि विक्रीमा ल्याईएको हो ।

यो शेयरको मूल्य प्रतिकित्ता ७१७ रुपैयाँ तोकिएको छ । यो शेयर खरीद गर्न इच्छुक योग्य लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी तोकिएको अवधिभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र विक्री प्रबबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय बबरमहल, काठमाडौंसँगै एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय थापाथली, काठमाडौं, तथा शाखा कार्यालय बुटवल, धनगढी र सुर्खेतमा प्राप्त गर्न र पेश गर्न सकिनेछ । शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।