बैकिङ्ग समाचार काठकाडौं ।
तपाईहरुलाई थाहा छ ? बैंकबाट कर्जा लिएपछि कर्जा अवधिभर परिवर्तन नहुने गरी तोकिने स्थिर ब्याजदर ‘फिक्स इन्टेरेस्ट रेट’ भएको ऋण पनि लिन मिल्छ नी । अब चर्चा गरौं के हो त आवधिक कर्जा ? आवधिक कर्जा भनेको कुनै निश्चित अवधिभर जस्तै २/५/१०/१५ वर्ष अवधि तोकेर त्यती नै वर्षभित्र चुक्ता हुनेगरी अथवा भुक्तानी हुनेगरी लिइएको कर्जा नै आवधिक कर्जा हो । जसको ब्याजदर स्थीर हुन्छ । इजाजतपत्र प्राप्त संस्थाले कर्जाको ब्याजदर भुक्तानी अवधिभर परिवर्तन नहुने गरी स्थीर ब्याजदर निर्धारण गरिर्नुपर्ने हुन्छ ।
कसले लिने ?
यो कर्जा ऋणीहरुको उद्देश्य अनुसार हरेक बैंक तथा वित्तीय संस्थाको फरक–फरक हुन्छ । ऋणीहरुको धितो अथवा सम्पति छ भने र आवधिक कर्जा चलाउने योग्य छ भने जसले पनि यो कर्जा लिन सक्नेछन ।
सामान्य व्यवसाय गर्ने वा जागिर खाने मानिसले आफ्नो जीवनभरको कमाई बचत गरी घर तथा गाडी खरिद गर्न कठिन नै हुन्छ । तर मानिसलाई जग्गा खरिद गरी घर बनाउन बैंक तथा वित्तीय संस्थाहरुले सहज बनाइरहेका छन । तपाईसँग केही रकम छ, तर त्यति रकमले घर बनाउन सम्भव छैन भनेर रोकिनुभएको छ भने यस्तो ऋण बैंकबाट लिन सक्नुहुन्छ । आफूसँग भएको पैसामा बैंकको ऋण थपेर तपाईले घरजग्गा जोड्न सक्नुहुन्छ । बैंकको ऋण आफ्नो क्षमता अनुसारको किस्तामा नियमित रुपमा तिर्न सक्नुहुन्छ । अहिले पनि आम मानिसमा बैंकको ऋण सहजै पाउन सकिँदैन कि भन्ने मानसिकता छ ।
बैंकले ऋण दिनका लागि केही मापदण्ड तोकेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले तोकेको मापदण्ड र आवश्यक कागजपत्र पुर्याएपछि बैंकले ऋण दिन्छ । कर्जा चुक्ता ,कर्जा अवधि, कर्जा सीमा, लक्षित ग्राहक, कर्जा सीमा, घर कर्जाको प्रकार, उद्देश्य र अधिकतम लगानी हरेक बैंकका फरक रहेको छ ।
कसरी लिने ?
घरजग्गा तथा गाडी खरिदकोे लागि आवधिक कर्जा लिन के–के प्रक्रिया पुर्याउनुपर्छ त ? यो सबैको मनमा खेल्ने आजको प्रश्न हो । घर कर्जा लिनका लागि पहिले त तपाईले कस्तो घर कर्जा भन्ने खुलाउनुपर्छ । आफैंले किनेको जग्गामा घर बनाउन लाग्नुभएको हो वा बनेकै घर वा अपार्टमेन्ट किन्न लाग्नुभएको हो ? त्यतिमात्रै होइन तपाईले बनिसकेको घर तथा अपार्टमेन्ट मर्मत सम्भार गर्न वा त्यसमा थप निर्माण गर्न पनि ऋण लिन सक्नुहुन्छ । घर बनाउने जग्गा छैन भने पनि बैंकबाट ऋण लिन सक्नुहुन्छ । बैंकले ऋण दिनुअघि तपाईंको आम्दानी कति छ भन्ने हेर्छ । तपाईको आम्दानीको स्रोत, त्यसले घर खर्च टारेर ऋणको किस्ता तिर्न सक्छ कि सक्दैन भन्ने हिसाब गरेर मात्र बैंकले ऋण उपलब्ध गराउँछ । बैंकले कतिसम्म ऋण दिनसक्छ भन्ने एउटा आधार ऋणीको आम्दानीलाई समेत मान्ने गरेको छ ।
घर कर्जा तपाईंको आवश्यकता र क्षमता अनुसार बैंकसँग माग गर्न सक्नुहुन्छ । कर्जाको ब्याजदर पनि अन्य कर्जाहरु जस्तै बैंक अनुसार फरक फरक हुन्छ । बैंकहरुले आफ्नो आधार दरको आधारमा ब्याजदर निर्धारण गर्छन् । मानौं, कुनै बैंकको आधारदर ७ प्रतिशत छ भने उसले ४ प्रतिशत प्रिमियम थपेर ऋण दिएमा तपाईंले ११ प्रतिशत ब्याजदरमा ऋण पाउन सक्नुहुन्छ । कर्जा लिनका लागि तपाईंले बैंकमा ऋणका लागि निवेदन दिनुपर्ने हुन्छ ।
कर्जा लिँदा के–के चाहिन्छ कागजात ?
निवेदन दिँदा धितो राख्ने घरजग्गाको धनीपुर्जा, नागरिकताको प्रतिलिपी, नक्साको ट्रेस लगायतका कागजात पनि पेश गर्नुपर्छ । कुनै जग्गा धितोका लागि आएमा बैंकले उक्त जग्गाको ट्रेस नापी कार्यालयबाट मगाउँछ । ट्रेस उपलब्ध भएपछि धितो मूल्यांकनको प्रक्रिया सुरु हुन्छ । धितो मूल्यांकनकर्ता कम्पनी बैंकमा सूचीकृत भएका हुन्छन । बैंकको सम्पर्कबाट नै धितोमूल्यांकन हुन्छ । धितो मूल्यांकन प्रतिवेदन मूल्यांकनकर्ताले पेश गरेपछि ऋण स्वीकृतिको प्रक्रियामा जान्छ । ऋण स्वीकृत भएपछि धितो राखिएको घरजग्गा बैंकको नाममा मालपोत कार्यालयबाट रोक्का गर्नुपर्छ ।
धितो रोक्का भएपछि ऋणीको खातामा बैंकले ऋण रकम उपलब्ध गराउँछ । यसबारे विस्तृत जानकारी भने तपाईंले कुनै पनि बैंकको शाखा कार्यालयबाट लिन सक्नुहुन्छ । नेपालमा निजी क्षेत्रको विस्तारसँगै ब्यक्तिगत सवारीसाधनको प्रयोग बढ्दो छ । निजी सवारीसाधन अत्यावश्यक वस्तु भइसकेको निकै समय भइसकेको छ।
सार्वजनिक यातायातको अवस्था कमजोर हुनु र समयमा सवारी नपाउनु निजी सवारीसाधन बढ्नुको मुख्य कारण हो । नेपालमा पूरै रकम तिरेर गाडी किन्नेको संख्या निकै कम छ । वित्तीय व्यवस्थापनको हिसाबले पूरै रकम तिरेर सवारीसाधन किन्नु गतिलो इन्भेष्टमेन्ट होइन । त्यसैले गाडी किन्न फाइनान्सिङ्ग गराउने ग्राहकको संख्या ठूलो छ । अझ भनौं, गाडि खरिद गर्नेले पूरै रकम एकैपटक लगानी नै गर्दैनन् । त्यहाँ फाइनान्सिङ्ग गर्नु अगाडि ऋणीले हरेक महिना बैंकलाई तिर्नुपर्ने ईएमआई तिर्न सक्छ वा सक्दैन भन्ने कुरा मात्रै वित्तीय संस्थाले हेर्ने गरेका छन ।
बैंक तथा वित्तीय संस्थाले कुनै पनि गाडीको कोटेशन मूल्यमा प्रतिशतसम्म लगानी गर्न पाउने प्रावधान रहेको छ । कोटेशन मूल्य ग्राहकलाई दिने बिलमा अंकित खुद मूल्य हो । यसलाई नै आधार मानेर बैंकहरूले कर्जा प्रवाह गर्ने गरेका छन । तर, गाडी फाइनान्सिङ्ग गर्दा बैंकले धितो लिने या नलिने भन्ने उसको आन्तरिक नीति र जोखिमको आधार हेरेर निर्णय लिन सक्नेछन । यद्यपी, यसरी फाइनान्सिङ्ग गरेको गाडी बैंकको आफ्नै नाममा आउने हुँदा अन्य धितोको लिने गरिएको छैन ।
प्रतिक्रिया