बैंकिङ्ग समाचार, काठमाडौं ।
आज चैत ७ गते, मंगलबार नेपाल सरकारले घोडेजात्राको उपलक्ष्यमा उपत्यकामा सार्वजनिक बिदा दिएको छ । उपत्यकामा सार्वजनिक बिदा भएपनि यस दिन बैंकहरु भने खुला रहने भएको छ ।
उपत्यकामा सार्वजनिक बिदा भएपनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ्ग सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
‘घोडेजात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी (इसिसी), आरटिजिएसलगायतका आवश्यक बैंकिङ सेवा सञ्चालन राख्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ’, राष्ट्र बैंकले भनेको छ ।
प्रतिक्रिया