काठमाडौं – नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना अर्थात जेठसम्म १६ खर्ब बढीको वस्तु आयात गरेको छ । भन्सार विभागको तथ्यांङ्कअनुसार नेपालले १६ खर्ब ४४ अर्ब ७९ करोड बराबरको वस्तु आयात गरेको हो ।
गत आर्थिक वर्षको यस अवधिमा नेपालले १४ खर्ब ५३ अर्ब ७० करोड बराबरको आयात गरेको थियो । नेपालले चालु आर्थिक वर्षको ११ महिनामा २ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । अघिल्लो वर्ष भने १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको बस्तु मात्रै निर्यात गरेको थियो ।
त्यस्तै, चालु आर्थिक वर्षको ११ महिनामा मुलुकको व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यस अवधिमा भने व्यापार घाटा १३ खर्ब १४ करोड ४४ लाख रुपैयाँ रहेको थियो ।
यो अवधिमा नेपालबाट भएको निर्यातको हिस्सा १३ प्रतिशत छ भने आयातको हिस्सा करिब ८७ प्रतिशत रहेको छ ।
प्रतिक्रिया