प्राइम कमर्सियल बैंक र गुराँस लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

प्राइम कमर्सियल बैंक र गुराँस लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक वाणिज्य बैंक सहित दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहीबार प्राइम कमर्सिलय बैंक र गुराँस लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्राइम कमर्सिलय बैंकको ७४ लाख ६२ हजार ५२९.१२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको ४ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाको पनि ३९ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले पनि शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

नेप्सेमा सूचीकृत दुबै कम्पनीको बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।