एनआइसी एशियाको ५ लाख कित्ता संस्थापक सेयर बिक्री खुला 

एनआइसी एशियाको ५ लाख कित्ता संस्थापक सेयर बिक्री खुला 


बैंकिङ्ग समाचार, काठमाडौं ।

एनआइसी एसिया बैंकले नेपाल लाइफ इन्स्योरेन्सको नाममा रहेको संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले ५ लाख कित्ता सेयर बिक्री खुला गरेको हो ।
प्रतिकित्ता ३९८ रुपैयाँका दरले बिक्री गर्न लागिएको सेयरमा संस्थापक सेयर धनीले मात्र आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आजदेखि ३५ दिन भित्र बैंकको रजिस्टर्ड कार्यालय, थापाथली काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।