एशियन लाइफ इन्स्योरेन्सले प्रस्ताव गर्‍यो लाभांश, बोनस शेयर कति ? 

एशियन लाइफ इन्स्योरेन्सले प्रस्ताव गर्‍यो लाभांश, बोनस शेयर कति ? 


बैंकिङ्ग समाचार, काठमाडौं ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो वर्षको १४ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस आधारमा कम्पनीको लाभांशदर गत वर्षभन्दा यस वर्ष घटेको छ ।