बैंकिङ्ग समाचार, काठमाडौं ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि मंगलवार रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १ गते देखि १६ गते सम्म बुक क्लोज गरेकाले फागुन ३० गते अर्थात मंगलवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत १६ गते साधारण सभा बोलाएको छ । सभा होटल पौवा सिद्धार्थनगर ६ रुपन्देहीमा दिनको १ बजे शुरु हुने कम्पनीले जानकारी गराएको छ ।
प्रतिक्रिया