सात महिनामा पुँजीगत खर्च ६६ अर्ब

 सात महिनामा पुँजीगत खर्च ६६ अर्ब


बैंकिङ्ग समाचार, काठमाडौं ।

आर्थिक वर्ष २०७९/८० को सात महिनामा संघीय सरकारको कुल खर्च ६ खर्ब ६७ अर्ब ६६ करोड भएको छ ।  
नेपाल सरकार, अर्थ मन्त्रालय   (महालेखा नियन्त्रक कार्यालय) का अनुसार समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः ५ खर्ब ३१ अर्ब ५० करोड,  ६६ अर्ब ३० करोड र ६९ अर्ब ८६ करोड रहेको छ ।

समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) ५ खर्ब १४ अर्ब ६९ करोड भएको छ । समीक्षा अवधिमा यसअन्तर्गत कर राजस्व तर्फ ४ खर्ब ६४ अर्ब १९ करोड र गैर कर राजस्वतर्फ ५० अर्ब ५० करोड परिचालन भएको छ ।

नेपाल सरकारको नगद मौज्दात

२०७९ माघ मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा २०४ अर्ब ९२ करोड ९प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत० नगद मौज्दात रहेको छ । २०७९ असार मसान्तमा यस्तो मौज्दात २३२ अर्ब ५३ करोड रहेको थियो ।