कोशीको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख, के– के समेटियो (पूर्णपाठ)


विराटनगर – कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री राम बहादुर मगरले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै कुल विनियोजनमध्ये चालुतर्फ १८ अर्ब ६८ करोड ३३ लाख (५२ प्रतिशत), पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख (४७.७ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ १० करोड ९०.३ प्रतिशत० रुपैयाँ रहेको बताए ।

चालु आवको विनियोजनको तुलनामा १.७ प्रतिशतले बढी तथा संशोधित अनुमानको १२ प्रतिशतले बढी रहेको जनाए । उनले वित्तीय हस्तान्तरणतर्फ स्थानीय तहमा ४ अर्ब ७० करोड ७२ लाख छुट्टाएको बताए।

अर्थमन्त्री मगरले अनुमानित खर्च व्यहोर्ने स्रोत मध्ये प्रदेश सरकारको आन्तरिक राजश्वबाट ५ अर्ब ५० करोड, राजश्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख, संघबाट प्राप्त हुने मध्ये वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख, समपूरक अनुदानबाट ४९ करोड १७ लाख र विशेष अनुदानबाट ५५ करोड ७२ लाख गरी ३२ अर्ब ७४ करोड ९९ र रोयल्टीबाट ३५ करोड ६ लाख रहेको बताए ।