अर्थतन्त्र संरचनागत चुनौती र विगतका कमजोरीको असरबाट अझै मुक्त भइसकेको छैन: अर्थमन्त्री पौडेल 


काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख रहेपनि चुनौतीहरू कायमै रहेको बताएका छन् । आइतबार बसेको प्रतिनिसभा बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्र संरचनागत चुनौती र विगतका कमजोरीका असरहरूबाट अझै मुक्त भइसकेको नसकेकाे बताएका हुन् ।

अर्थमन्त्री पौडेलले भने, ‘अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख रहेतापनि नेपालको अर्थतन्त्रले संरचनागत चुनौती र विगतका कमजोरीका असरहरूबाट अझै मुक्त भइसकेको छैन।’

नेपालमा बसेर सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा ५ प्रतिशत मात्रै आयकर लाग्ने र सो कर अन्तिम हुने व्यवस्था समेत गरिएको अर्थमन्त्री पाैडेलले बताए ।