एनआईसी एशिया लघुवित्तले १४.७५ प्रतिशत नगद लाभांश दिने 

एनआईसी एशिया लघुवित्तले १४.७५ प्रतिशत नगद लाभांश दिने 


बैंकिङ्ग समाचार, काठमाडौं ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले १४.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७८ / ७९ को सञ्चित मुनाफाबाट कम्पनीले २५ करोड ६५ लाख ६७ हजार ४ सय रुपैयाँ बराबर नगद लाभांश (कर प्रयोजनसहित) दिने निर्णय गरेको हो ।

कम्पनीको आइतबार बसेको १६८औंं सञ्चालक समितिबाट यस्तो निर्णय भएको कम्पनीले जनाएको छ । यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि र आगामी पाँचौं साधारणसभाले पारित भएपछि लागु हुने कम्पनीले जनाएको छ ।