कति पाउला त ओपन रेञ्ज मोलुङ्ग हाइड्रोपावरको आईपीओले  ? 

 कति पाउला त ओपन रेञ्ज मोलुङ्ग हाइड्रोपावरको आईपीओले  ? 


 बैंकिङ्ग समाचार, काठमाडौं । 

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओले पहिलो कारोबारको लागि ६० दशमलव ६२ देखि १८१ दशमलव ८६ ओपन रेञ्ज पाउने देखिएको छ । आर्थिक वर्ष २०७८र७९ को कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ६० दशमलव ६२ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो ।

नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ  । सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ हाल नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ ।

 कम्पनीको आईपीओ फागुन १९ गते बाँडफाँट भएको हो । कम्पनीको आईपीओ २ लाख २६ हजार ४६५ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरे भने पाँच जनाले थप एक कित्ता अर्थात् कुल ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।  कम्पनीले फागुन ४ गतेदेखि १० गतेसम्म सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता शेयर निष्कासन गरेको थियो ।