काठमाडौं महानगरका पूर्वप्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सामाखुसी करिडोरअन्तर्गतको ढल निर्माणको ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै  आयोगले परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । परियार हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक हुन् ।

आयोगले  परियारसहित,  रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य,नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर हो । बसुन्धरादेखि म्हेपी सम्म सामाखुसी करिडोरमा ढल निर्माण कार्यको ठेक्का निर्माण व्यवसायी समानान्तर सेवा प्रालिलाई नदिनको लागि ठेक्कामा विचारधिन नहुने विषयलाई विचारधिन विषय  रहेको भनी व्याख्या गरेको आयोगले जनाएको छ ।

उनीहरूले चार करोड एकतीस लाख बहत्तर हजार बराबरको रकम आफ्नो पदको दुरुपयोग गरी सार्वजनिक संस्थाको सम्पत्तिको नोक्सानी गरेको आयोगले जनाएको छ ।  उनीहरूलाई बिगो ४ करोड ३१ लाख ७२ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा ९१० बमोजिम  सजाय गर्न  विशेष अदालत, काठमाडौंमा आयोगले आरोप पत्र दायर गरिएको छ।