काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २३ करोड ९ लाख रुपैयाँ छ ।
गत आवको यसै अवधिमा यस्तो नाफा १२ करोड ३६ लाख रुपैयाँ थियो । खुद प्रिमियम आम्दानी उल्लेख्य बढेको छ । यस्तो आम्दानी पहिले २ अर्ब ५७ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब १८ करोड छ । नाफासँगै प्रतिशेयर आम्दानी बढेको छ ।
वार्षिक प्रतिशेयर आम्दानी पहिले ६ रुपैयाँ ६० पैसा रहेकोमा अहिले ११ रुपैयाँ ७३ पैसा छ । प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ८२ पैसा छ । यस कम्पनीको हाल चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँ छ ।





About Us
प्रतिक्रिया