काठमाडौं – सानिमा जीआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले शेयरधनीलाई चुक्ता पूँजीको ७.५ प्रतिशत शेयर बोनस र सोको कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कुल ७.८९ प्रतिशत लाभांशमा १५ करोड ७८ लाख रुपैयाँ बराबर वितरण हुने कम्पनीले जनाएको छ । बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७ सय रुपैयाँ छ ।
सो लाभांश लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र वितरण गरिनेछ ।






About Us
प्रतिक्रिया