राजश्व चुहावट रोक्न सशस्त्र प्रहरीले प्रशंसनीय काम गरेको छः वर्षमान 


डडेल्धुरा– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल–भारत सीमास्थित डडेल्धुराको पर्शुराम नगरपालिका–५ परी गाउँमा रहेको सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण भ्रमण गरेका छन् । 

त्यस क्रममा पुनले राजश्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरीले खेलिरहेको भूमिका, सीमा सुरक्षा तथा निगरानी लगायत विषयमा  जानकारी लिए । सीमित साधन श्रोतमा पनि सशस्त्र प्रहरीले सीमा सुरक्षा र राजश्व चुहावट नियन्त्रणमा प्रशंसनीय काम गरेको भन्दै उनले सशस्त्र प्रहरीलाई थप साधन श्रोत सम्पन्न बनाउन आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

निवर्तमान अर्थमन्त्री पुनले चालु आर्थिक वर्षको बजेटमा आफूले सशस्त्र प्रहरी बलललाई थप सुदृढ र प्रभावकारी बनाउन बजेट वृद्धि गरेको स्मरण गरे ।  परिगाउँबाट नेपाली सर्वसाधारण महाकाली नदीमा डुंगा चढेर सीमावर्ती भारतीय बजार टनकपुरमा दैनिक जसो उपभोग्य समान खरिद, औषधि उपचार तथा रोजगारीका लागि जाने गर्दछन् । डडेल्धुरास्थित सशस्त्र प्रहरीको ५२ नम्बर गुल्मअन्तर्गत नेपाल–भारत सीमामा ५ वटा बीओपी छन् ।