काठमाडौं– जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ खर्ब रूपैयाँ बढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तथ्यांकअनुसार १४ वटा जीवन बीमकहरुले ७ खर्ब ३ अर्ब ३४ करोड ४५ लाख रुपैयाँ लगानी गरेका हुन्।
तथ्यांकअनुसार समिक्षा अवधिमा नेपाल लाइफले सर्वाधिक १ खर्ब ८२ अर्ब ५५ करोड २९ लाख रुपैयाँ लगानी गरेको छ भने सबैभन्दा कम सन नेपाल लाइफले गरेकाे छ । समिक्षा अवधिमा कम्पनीले ११ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ मात्र लगानी गरेकाे छ ।
यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन १ खर्ब ७ अर्ब ६ करोड ४० लाख रुपैयाँ, नेसनल लाइफले ६६ अर्ब २३ करोड ४७ लाख रुपैयाँ र हिमालयन लाइफले ७२ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ।
साे अवधिमा राष्ट्रिय बीमा कम्पनीले ६० अर्ब ४३ करोड ८७ लाख रुपैयाँ लगानी गर्दा एसियन लाइफले ४३ अर्ब ७४ करोड १५ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ३७ अर्ब ४१ करोड ९९ लाख रुपैयाँ, मेट लाइफले २९ अर्ब २५ करोड ९९ लाख रुपैयाँ, सिटिजन लाइफले २१ अर्ब ६९ करोड ८४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २० अर्ब १२ करोड ९२ लाख रुपैयाँ लगानी गरेकाे गरेका छन् ।
यसैगरी रिलायबल नेपाल लाइफले १८ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ, आईएमई लाइफले १६ अर्ब ७६ करोड ८२ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १५ अर्ब ६६ करोड ८१ लाख रुपैयाँ लगानी गरेका छन्।





About Us
प्रतिक्रिया