काठमाडौं – ताप्लेजुङको पाथिभरा मन्दीरमा बन्ने केबलकार निर्माणमा विवाद बढ्दा ३ जना घाइते भएका छन् । केबलकार निर्माणको विरोधमा रहेका स्थानीयवासिन्दाहरु र प्रहरीबीच झडप हुँदा ३ जना आन्दोलनकारी घाइते भएका हुन् ।
प्रहरीसँगको झडपमा हुँदा शुक्रबार साँझ ३ जना गम्भिर घाइते भएको बताइएको छ । स्थानीहरु पाथिभरा मन्दीरमा केबलकार बनाउन नहुँने भन्दै ‘नो केबलकार’को अभियान चलाउँदै आइरहेका छन् ।
तीनै स्थानीयवासिन्दा र प्रहरीबीच समय–समयमा झडप भइरहेको छ । यसअघि, केही महिना अघि पनि केबलकार बनाउने र नबनाउने पक्षधरबीच झडप हुँदा खुकुरी हानाहान भएको थियो ।
पाथिभरामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको समूहले केबलकार निर्माणको योजना अघि बढाइरहेको छ । उनीहरुलाई राति नै उपचारका लागि विराटनगर पुर्याइएकाे जनाइएकाे छ ।
प्रतिक्रिया