काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो ।
योसँगै प्रतितोला छापावाल १ लाख ६० हजार ६ सय रुपैयाँ पुगेको छ । हिजो सुन तोलामा १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदीको मूल्य तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको छ । हिजो चाँदी १ हजार ८७५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया