काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल १ लाख ६० हजार रुपैयाँ पुगेको छ।
हिजोपनि सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ५८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ८७५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया