राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओमा पन्थी

राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओमा पन्थी


काठमाडौं – राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दर पन्थी नियुक्त भएका छन् । कम्पनी संचालक समितिकाे माघ ८ गते बसेको बैठकले पन्थीलाई सीईओमा नियुक्त गरेको हो ।

पन्थी नेपाल बैंकको फष्ट क्लास अफिसर हुन् । पन्थीले त्रिभूवन विश्वविद्यालयबाट एमए र एमबीएको डिग्री हासिल गरेका छन् ।

कम्पनीकोका लागि आवेदन दिएका ८ जनामध्ये कम्पनीको पदपूर्ति समितिले ४ जनाको नाम सर्टलिष्टमा राखेको थियो।सर्टलिष्टमा सुन्दर पन्थी सहित महेश रिमाल, राजुनाथ खनाल, रामदेव यादव रहेका थिए ।