४० वटा सवारी साधनको प्रदुषण चेक गर्दा ३१ वटा प्रदुषण फेल

४० वटा सवारी साधनको प्रदुषण चेक गर्दा ३१ वटा प्रदुषण फेल


काठमाडौं – काठमाडौं महानगरपालिकाले चक्रपथ सुकेधारा भएर गुडिरहेका ४० वटा डिजेलका सवारी साधनको प्रदुषण चेकजाँच गरेको छ । महानगरले चेकजाँच गर्दा ७८ प्रतिशत अर्थात् ३१ वटा फेल भेटिएका हुन् ।

पुस २९ गतेबाट थालिएको चेकजाँचका क्रममा आजसम्म डिजेलबाट चल्ने १४० वटा र पेट्रोलबाट चल्ने २० गरी १६० वटा सवारी साधनको जाँच भएको छ । यीमध्ये डिजेलबाट चल्ने ९४ वटा र पेट्रोलबाट चल्ने ६ वटा सवारी फेल भएका हुन् ।