भारतको नयाँ दिल्लीमा नेपाल–भारत व्यापार संझौताको विषयमा छलफल

भारतको नयाँ दिल्लीमा नेपाल–भारत व्यापार संझौताको विषयमा छलफल


काठमाडों – नाडा प्रतिनिधी मण्डलले भारतको राजधानीमा भारत सरकार, वाणिज्य विभागका सहसचिव विमल आनन्द र इन्जिनियरिङ्क एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डीयाका (इइपिसी) राष्ट्रिय अध्यक्ष पंकज चड्डासँग छलफल गरेको छ । नेपाल र भारतको व्यापार संझौतालाई थप विस्तार र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेर द्धिपक्षिय आयात निर्यातलाई कसरी सुदृढ बनाउने विषयमा छलफल भएको हो ।

छलफलमा चरणको छलफलका लागि दुवै पक्षले अर्को मिति तोकेर भारतको इइपिसीलाई नेपालमा निमन्त्रण गरिने छ । उक्त छलफलमा अटोमोवाइल कम्पोनेण्ट, अटोमोवाइल स्पेयर पार्टस र विद्युतिय सवारी साधनहरुका विषयमा छलफल गरिने बताइएको छ । यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भईरहेको भारत मोविलिटी अन्तर्गत भईरहेको अटो प्रदर्शनीको सन्दर्भमा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ ।

उक्त छलफलमा इन्जिनियरिङ्क एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डीयाका (इइपिसी) तर्फबाट पूर्व अध्यक्ष अरुण गारोडिया, सह निर्देशक पल्लवी साह, कार्यकारी निर्देशक तथा सचिव अधिप मित्रा र निर्देशक नीशिकान्त जुम्दा समेतको उपस्थिति रहेको थियो । त्यसैगरी नाडाकोतर्फबाट निवर्तमान अध्यक्ष डा. धु्रव थापा, बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, संस्थागत उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र सहकोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।