मेरो माइक्रोफाइनान्सको साधारण सभा सम्पन्न

मेरो माइक्रोफाइनान्सको साधारण सभा सम्पन्न


काठमाडौं – मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष कल्याणविक्रम पाण्डेको सभापतित्वमा सभा सम्पन्न भएको हो । सभाले ७.५ प्रतिशत बोनस सेयर प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले संस्थाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्नुको साथै लेखा परीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा- नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

नुवाकोटको बट्टारमा सम्पन्न साधारणसभाबाट सर्वसाधारण समूहका तर्फबाट आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा बद्रीप्रसाद पुडासैनी र ज्ञानुकृष्ण अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।