काठमाडौं – सीजी मोटर्सले बिर्तामोडमा एक्स्ट्रिम सिरिज अन्तर्गत दुई नयाँ मोटरसाइकलहरू, एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आरको क्षेत्रिय ग्राण्ड लञ्चिङ गरेको छ । सीजी मोटर्सद्वारा बिर्तामोडस्थित आफ्नो आधिकारिक बिक्रेता पीटूआर अटो जोनमा एक भव्य कार्यक्रमको आयोजना गर्दै नयाँ मोटरसाइकलहरूको रिजनल लञ्च कार्यक्रम सम्पन्न गरेको हो । नयाँ मोटरसाइकलहरु सार्वजनिक गर्न आयोजित उक्त कार्यक्रममा गायक निशान भट्टराई लगायत अन्य कलाकारहरुको रोमाञ्चक परफरमेन्स पनि रहेको थियो ।
हिरो मोटोकर्पले एक्स्ट्रिम रेंज मार्फत नेपालका आधुनिक राइडरहरूको परिस्कृत माग तथा आवश्यकताहरू पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन–आधारित मोटरसाइकलको चाहाना पूरा गर्ने उद्देश्य लिएको छ । एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हीरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनी विश्वस्त छ । एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य ३ लाख ८४ हजारर ९०० र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९०० र एबीएस भेरियन्टका लागि ३ लाख ११ हजार ९०० रुपैयाँ तोकिएको छ ।
सार्वजनिक यी दुबै मोडेलहरू नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू र जुम ११० स्कूटरसँगै असेम्बल गरिएको कम्पनीले जानकारी दिएको छ ।
हिरो मोटरसाइकल तथा स्कुटर नेपालको प्रतिष्ठित तथा लोकप्रिय बाण्डमा गनिन्छ । कम्पनीले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्रान्डद्वारा नेपालको बजारमा बलियो पकड जमाएको छ । चौधरी ग्रुप, नेपालको एक प्रतिष्ठित व्यावसायिक समूह, हिरो मोटोकपको नेपालका लागि आधिकारिक वितरक पनि हो । १ सय ६० भन्दा बढी कम्पनी सञ्चालन गर्ने यस समूहसँग १५ हजारभन्दा बढी कर्मचारीहरूको बलियो टिम र १ सय २३ ब्रान्डहरू रहेका छन् ।
एक्स्ट्रिम १६० आर फोरभी
एक्स्ट्रिम १६० आर फोरभीले १६० सीसी सेगमेन्टलाई नयाँ उचाइमा पु¥गाउँदै १६३ सीसी ४–भल्भ बीएस–भीआई इन्जिन प्रदान गर्दछ । यसले ८ हजार ५०० आरपीएममा १६.९ पीएस पावर र ६ हजार ५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्दछ । यो मोटरसाइकलले ०–६० किमी प्रतिघण्टा मात्र ४.४१ सेकेन्डमा पुग्ने नयाँ स्तर निर्धारण गरेको छ । उच्च गतिका लागि असाधारण क्षमता र उत्कृष्ट प्रदर्शनका साथ, यो आफ्नो श्रेणीकै सबैभन्दा तीव्र गतिको मोटरसाइकल हो ।
यसलाई अझ उच्च स्तरको बनाउन, ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७–स्टेप एडजस्टेबल रियर सस्पेन्शनले ह्यान्डलिङमा सहजता र स्थिरता प्रदान गर्दछ । केवल १४५ किलो तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिन्छ । यसमा उपलब्ध गरिएको पेटल डिस्क ब्रेकले शहरी सडक र राजमार्गहरूमा समेत कर्नरिङमा सहजता प्रदान गर्दछ ।
एक्स्ट्रिम १६० आर फोरभीमा मस्कुलर र एरोडायनामिक डिजाइनका साथमा विङलेटहरू सहितको रोबोटिक हेडल्याम्प, अन्डर काउल, र हगर फेन्डर पनि उपलब्ध रहेको छ । यसमा सिंगल वा स्प्लिट सिटको विकल्प उपलब्ध छ । साथै, आरामदायी यात्राका लागि डिजाइन गरिएको इर्गोनोमिक्सले खुट्टाका लागि अतिरिक्त स्थान र झुकाइएको ह्यान्डलबार रहेकाले गर्दा यात्रा अझ सहज हुनेछ ।
प्रविधिको दृष्टिले, यसमा फुल–एलइडी लाइटिङ प्याकेज, ब्लुटुथ कनेक्टिभिटीसहितको इन्भर्टेड स्पीडोमिटर, गियर पोजिशन इन्डिकेटर, र कल–एसएमएस अलर्ट लगायत सुविधाहरु पनि उपलब्ध गरिएको छ । यी सुविधाहरूले राइड अनुभवलाई थप सहज र आधुनिक बनाउँछ । जसले गर्दा उच्चतम स्तरको अनुभव खोज्नेहरूका लागि यो मोडेल अति उपयोगी हुनेछ ।
एक्स्ट्रिम १२५ आर
एक्स्ट्रिम १२५ आरले १२५ सीसी सेगमेन्टमा नयाँ स्ट्यान्डर्ड स्थापना गर्दै शक्तिशाली स्प्रिन्ट इन्जिन प्रदान गर्दछ । यसले ११।४ बीएचपी पावर उत्पादन गर्दै, ०–६० किमी प्रतिघण्टा केवल ५.९ सेकेन्डमा पुगाउने क्षमता राख्छ । प्रदर्शन र माइलेजको सन्तुलनका लागि यो उत्कृष्ट मोटरसाइकल हो । यसमा ईबीटी प्रणाली उपलब्ध गरिएको छ , जसले थप सन्तुलित यात्राको अनुभव दिन्छ । साथै, हिरोको आइथ्रीएस प्रणालीले इन्धनको बचत सुनिश्चित गर्नेछ ।
एक्स्ट्रिम १२५ आरको मस्कुलर र शार्प डिजाइन अन्तर्गत सेगमेन्टमै पहिलो प्रोजेक्टर एलईडी हेडल्याम्प, एलईडी टर्न सिग्नल, र सिग्नेचर एलईडी टेल लाइट समावेश गरिएको छ । सेगमेन्टमै पहिलो पटक स्पोर्टी मफ्लर, ह्वील कभर, र नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता फिचरहरूले यसलाई प्रविधिमैत्री र आकर्षक बनाएको छ । यस मोडेलमा दिइएको डायमन्ड फ्रेमले उत्कृष्ट ह्यान्डलिङको सुनिश्चितता प्रदान गर्दछ । १२०–८० रियर टायर, ३७ एमएम फ्रन्ट सस्पेन्सन र ७–स्टेप एडजस्टेबल मोनो–शकले स्थिरता र आरामदायी यात्रा प्रदान गर्दछ । फ्ल्याट ह्यान्डलबारले दैनिक तथा रोमाञ्चक यात्रा, दूबै अवस्थामा सहजताको सुनिश्चितता प्रदान गर्नेछ ।
सुरक्षाका लागि, यसमा सिंगल च्यानल एबीएस, २७६ एमएम फ्रन्ट डिस्क ब्रेक, र हाजार्ड लाइट जस्ता सुविधाहरू समावेश गरिएका छन् । फायरस्टोर्म रेड, कोबाल्ट ब्लु, र स्टालियन ब्ल्याक जस्ता आकर्षक रङका विकल्पहरूमा उपलब्ध एक्स्ट्रिम १२५ आरले उत्कृष्ट प्रदर्शन, अत्याधुनिक विशेषताहरू र उच्च सुरक्षाका साथ नेपालका नयाँ पुस्ताका राइडरहरूको ध्यानाकर्षित गर्नमा कम्पनी विश्वस्त रहेको छ ।
प्रतिक्रिया