काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९।८० का लागि लाभांश घोषणा गरेको छ। शुक्रबार माघ ४ गते बसेको बैठककले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने निर्णय छ।
जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार ६०२ रुपैयाँको १४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७०४ रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।
बोनस शेयरमा लाग्ने कर भने शेयरधनीहरुलाई आफैँले तिर्नुपर्ने कम्पनीले जनाएको छ। प्रचलित कानुनी व्यवस्थाबमोजिम बोनस शेयरमा लाग्ने करबापतको रकम स्वयं शेयरधनीहरुले भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ।
प्रतिक्रिया