काठमाडौं –आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दरखास्त आह्रवान गर्दे सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ। कम्पनीले दरखास्त आह्रवान गर्दै प्रदेश अन्तर्गतका केही शाखा र उपशाखा कार्यालयका लागि शाखा र उपशाखा प्रमुख माग गरेको हो ।
उक्त पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी बीमा, बैंकिङ्ग तथा बिक्री बजार व्यवस्थापनको क्षेत्रमा कार्यानुभव भएको हुनुपर्ने जनाइएको छ ।
कम्प्यूटर सम्बन्धी दक्ष र २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले माघ १८ गतेभित्र आवेदन दिनुपर्नेछ।
प्रतिक्रिया