लिटिल एन्जल्स कलेजमा माछापुच्छ्रे क्यापिटल्को वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

लिटिल एन्जल्स कलेजमा माछापुच्छ्रे क्यापिटल्को वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न


काठमाडौं – माछापुच्छ्रे क्यापिटल लिमिटेडले लिटिल एन्जल्स कलेजमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले संस्गात सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन योजनाअनुरुप सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

ललितपूरको हात्तिवनमा स्थित लिटिल एन्जल्स कलेजमा आज वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा स्नातक तहमा अध्यनरत विद्यार्थीहरुका साथै क्यामपसका कर्मचारीहरु तथा शिक्षक वर्गलाई शेयर बजारको प्राविधिक विश्लेषण सम्बन्धी प्रशिक्षण तथा यसको प्रभावकारीताको बारेमा जानकारी तथा साक्षरता प्रदान गराइएको छ ।

क्यापिटलले आफ्नो स्थापनाको ५औं वर्षको वार्षिकोत्सवको उपलक्षमा माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भब्यताका साथ मनाउँदै छ । माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो ।

पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।