सफलताको लागि कठोर मेहनत गर्नुपर्छ । हुनसक्छ कुनै प्रेरक बक्ता, पुस्तक, भिडियो, अडियो वा कुनै कुराले प्रेरणा दिनसक्छ । तर वास्तविक सफलताको लागि आफै भित्रैदेखि प्रेरित हुनुपर्छ । आफै लाग्नुपर्छ । आफै जाग्नुपर्छ । कहिले अनुकूल परिस्थिति आउँछ भनेर पर्खिने होइन आफूले चाहेको सफलता हासिल गर्न डटेर मेहनत गर्दै सकभर परिस्थितिलाई आफ्नो अनुकूलताको बनाउनुपर्छ । जीवनमा उच्च ओहोदामा काम गर्न आफै खटिनुपर्छ । जीवनका अनेकौं खुड्किला पार गर्दै विभिन्न बैंकका उच्च तहमा काम गर्दै नबिल बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा पुगेका सुजित शाक्यको पनि यही बुझाई छ । दुःखलाई नजिकबाट नियालेका उनले जीवनमा आफुले आफुलाई बुझ्दै जानुपर्ने प्रेरणा दिन्छन । जीवनका पाइला पाईलामा उनले गरेका परिश्रमका हुर्काई र बुझाईलाई समेट्दै उनीसँग गरिएको कुराकानीः
पुरा भिडियो
देशकै ठुलो बैंक नबिलको बरिष्ठ प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा हुनुहुन्छ । यहाँसम्मको तपाईको बैंकिङ्ग यात्रा कति कठिन ? कति सजिलो ?
कुनै कुरामा प्यासन छ । कुनै कुरालाई मनोरञ्जनको रुपमा लिनुहुन्छ भने, त्यसमा स्वतःस्फुर्त आफुमा इच्छाशक्ती आउँछ । त्यही 'प्यासनमा' टेकेर एउटा लामो यात्रा तय गर्ने हो । मैले बैंकिङ्ग करियरमा लागेपछि निकै चुनौतीहरु आए । म त्यसबाट विचलित भईन । आफुलाई मनपर्ने पेशा भएको कारणले त्यस्तो जीवनको कुनै घडीमा त्यती धेरै थकान महशुस भएन । २४/२५ बर्षको जागिरे जीवनमा कुनै अवस्थामा आफ्नो प्रोफाईलहरु ‘लो’ पनि भएको छ । तर सबैभन्दा जरुरी मैले दुईवटा कुराहरु भन्ने गरेको छु । एउटा भनेको आत्मविश्वास हुनुपर्छ र अर्को कडा परिश्रम । यी दुईवटा कुरा गर्दै अगाडी बढ्यो भने बाटोहरु खुल्दै जान्छन् ।
विगतमा बैंकिङ्ग क्षेत्र यती धेरै ‘इमर्जिङ्ग’ त थिएन होला ? यसमै काम गर्छु भनेर प्रेरणा कसरी मिल्यो ?
मैले एमबीए सकेर फर्किएपछि जागिर खोज्न लागे । त्यसवखत एमबीए सकेको भनेपछि राम्रै मानिन्थ्यो । थुप्रै ठाउँबाट अफरहरु पनि आए । फाईनान्समा मेहनत गरेको हुनाले यही क्षेत्रमा काम गर्छु भन्ने लाग्यो । १२/१५ हजारको जागिर छोडेर नेपाल श्रीलंका मर्चेन्ट बैंक भन्ने थियो, त्यसमा ईन्ट्रन गरे । त्यहाँ सुरुमा मलाई दिनको १ सय दिन्थ्यो । ६ दिनको ६ सय त्यसमा पनि आधा घटाएर ३ सय रुपैंया मात्र मलाई दिइन्थ्यो । त्यतीबेला सफा ट्याम्पो चढे्र ‘रिसर्च’ गर्न जान्थे । ६ महिनाको कामपछि ‘टुरिजम इन अ कन्ट्री’ को रिपोर्ट तयार गरेपछि उहाँहरुले एकदम मन पराउनुभयो । उहाँहरुले एउटा पोष्ट खडा गरेर मलाई लिनुभयो । त्यसपछि मलाई कोलम्बो पठाउनुभयो । श्रीलंकामा एक महिना ट्रेनिङ्ग गर्नुपर्ने भयो । त्यसले गर्दामा अनुभवहरु पनि भयो । सुरुको चरणमा नै त्यस्तो ट्रेनिङ्ग लिन पाउँदा मेरो एक्सपोजर एकदमै राम्रो भयो । आत्मविश्वास पनि बढ्यो । त्यसरी मैले बैंकिङ्ग सुरु गरेको हो । त्यसपछि हिमालयन बैंकमा गए । झन्डै साढे ८ बर्ष त्यहाँ काम गरे । यहाँसम्म आउँदा मैले सेल्स, मार्केर्टिङ्ग, मानव संसाधान, बिजनेस लगायतका थुप्रै तह तप्कामा बसेर काम गरेको छु । पछिल्लो समय बैंकको नेतृत्वदायी भुमिकामा रहेकाले अन्य क्षेत्रहरुमा पनि हेर्नुपर्ने हुन्छ । सुरुमा महत्वाकांक्षा हुनै पर्छ । त्यसलाई विश्वासले अघि बढायो भने कतै न कतै पुगिन्छ भन्ने धारणा थियो । र आजको दिनमा म धेरै खुशी छु ।
विगत र आजलाई तुलना गर्दा आफुलाई कति सफल भएको महशुस गर्नुहुन्छ ?
बैंकिङ्ग क्षेत्रमा केही ग्ल्यामर पनि छ । केही समयको लागि सेलिब्रेटी पनि भएका छन । तर सफलता त्यो मात्र होइन । आफ्नो पारिवारीक शुख अनी त्यससँगै व्यक्तीगत रुचीहरुलाई पनि जोडेर हामीले हेर्नुपर्ने हुन्छ । यसलाई अझ नजिकबाट नियालेर हेर्दा मलाई लाग्छ जतीनै दुःख भएपनि हामी खुशी हुन सिक्नुपर्छ ।
यतिबेला काम र व्यक्तीगत खुशीलाई कसरी ‘ब्यालेन्स’ गर्नुभएको छ ? आफुलाई ‘मोटिभेट’ गर्नुपर्यो भने कसरी गर्नुहुन्छ ?
काम त चुनौतीपूर्ण नै हुन्छ । कामको मात्रा बढ्दै गएपछि समय निकाल्न गाह्रो हुन्छ । मैले परिवारको लागि केही केही समय दिन्छु, केही दिनहरु आफ्नो नियमित कामहरु बाट निकाल्न सकिएन भने आफु फसिने डर हुन्छ । तर पनि अलिकति भएपनि प्रयास भने गर्न खोज्छु । परिवारहरुसँग समय बिताउनको लागि भने कोसिस गर्छु । त्यसैबाट एउटा शक्ती (इनर्जी) पनि आउँछ ।
कहिलेकाही गित पनि गाउनुहुन्छ । त्यो पनि एउटा रुचि हो ?
हो ‘वर्क लाइफ ब्यालेन्स’ को पाटो नै हो । साथीहरुले उक्साईदिएपछि लोन त गरौं न भन्ने हो । अर्काे भनेको रमाईलो पनि हुने । एउटा बैंकिङ्ग क्षेत्रमा आफु भन्दा अग्रज आएपछि सबै उत्साहित नै हुन्छन् । त्यसले एउटा सकरात्मक उर्जा पनि ल्याउँछ । एउटा टिम बन्ने हिसाबले हामी सबै संगै मनोरञ्जन पनि गर्छौँ ।
प्रतिक्रिया