काठमाडाैं – आइतबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आज सुनकाे मूल्य ताेलामा १ हजार ६ सय रूपैयाँले बढेकाे हाे।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज एक लाख ५५ हजार ७०० रूपैयाँमा कारोबार भइरहेकाे छ।यस्तै, चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य २७०४ अमेरिकी डलर निर्धारण भएको छ ।



About Us
प्रतिक्रिया