संस्मरण

२०औँ सिंगापुर अन्तर्राष्ट्रिय पुर्नबीमा सम्मेलनमा पाएको अनुभव

२०औँ सिंगापुर अन्तर्राष्ट्रिय पुर्नबीमा सम्मेलनमा पाएको अनुभव

राजेन्द्र महर्जन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सिंगापुर इन्टरनेसनल रिइन्स्योरेन्स सम्मेलन (20SIRC) को २०औँ संस्करण सन् २०२४ को नोभेम्बर ४ देखि ७सम्म सिंगापुरमा सम्पन्न भयो । यो सम्मेलन पुर्नर्बीमा उद्योगको विश्वव्यापी रूपमा हुने महत्त्वपूर्ण कार्यक्रममध्ये एक हो । जसले विश्वभरका पुर्नर्बीमा क्षेत्रका पछिल्ला प्रवृत्ति, चुनौती र अवसरहरूमा छलफल गर्न एकसाथ ल्याउँछ । यस सम्मेलनले उद्योगका नेताहरू, पुर्नर्बीमाकर्ता, दलाल, नियामक निकाय र अन्य सरोकारवालाहरूलाई ज्ञान साटासाट र प्रमुख मुद्दाहरूमा सहकार्य गर्ने थलो प्रदान गर्दै आइरहेको छ ।

यस संस्करणको सम्मेलनको मुख्य विषयवस्तु पुर्नबीमामा आएको क्रान्तिकारी परिवर्तन रहेको थियो । यस सम्मेलनमा ३३ सयभन्दा बढी सहभागीहरू थिए । जसमध्ये २ हजार सहभागी विभिन्न देशबाट सिंगापुर पुगेका थिए । सहभागीहरूमा पुर्नर्बीमा, बीमा कम्पनीहरुको प्रतिनिधित्व, सूचना प्रविधिसँग सम्बन्धीत कम्पनीहरू, सल्लाहकारहरू र नियामकहरूका प्रमुख व्यक्तिहरू थिए । नेपाल बीमा प्राधिकरणको प्रतिनिधिकोरुपमा यो सम्मेलनमा म पनि सहभागी बनेको थिए । जुन, मेरा लागि अद्वितीय र रोमाञ्चक अनुभवकारुपमा रह्यो । जसले सिकाइ, र रणनीतिक विकासका अवसरहरू प्रदान गर्‍यो ।

यस्ता छन् सम्मेलनमा छलफल भएका मुख्य विषय:

१ उदीयमान जोखिमहरू : नयाँ र विकसित जोखिमहरूमा साइबर खतरा, महामारी र जलवायु सम्बन्धी विपद् समावेश थिए ।

२ प्रविधिको प्रगति: आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र ब्लकचेनको भूमिका पुनर्बीमा प्रक्रियालाई पुनः संरचना गर्न विशेष महत्त्वपूर्ण रहेको थियो ।

३ नियममा भएका परिवर्तनहरू: विश्वव्यापी बीमा नियमहरू र तिनको पुनर्बीमा बजारमा पर्ने प्रभाव

४ दिगोपनः पुर्नर्बीमाकर्ताहरूले कसरी दिगो व्यावसायिक अभ्यासलाई अवलम्बन गरेर वातावरणीय, सामाजिक र शासन जोखिमहरूको व्यवस्थापन गर्न सक्छन् भन्ने छलफल

५ बजार प्रवृत्ति : पुर्नर्बीमा मूल्य निर्धारण, क्षमतामा भएका परिवर्तन र प्रतिस्पर्धाबारे अन्तर्दृष्टि प्रस्तुत

६ सहकार्य र नवीनता : पुर्नर्बीमाकर्ता, दलाल र प्रविधि प्रदायकहरूले कसरी सहकार्य गरेर उद्योगमा ल्याउने नवीनताका विषय खोजी

सिकाइका प्रमुख अनुभवहरू

१. विश्वव्यापी प्रवृत्ति र नवीनताबारे सिकाई

मुख्य बुँदामा प्रस्तुतीकरणहरू: विश्वव्यापी पुर्नर्बीमा क्षेत्रमा विशेषज्ञहरूले दिएको प्रमुख भाषण र छलफलले उपयोगी दृष्टिकोण प्रस्तुत

२. कार्यशाला र सीप विकास

अन्तरक्रियात्मक सत्रहरु: जोखिम मोडलिङ, तथ्याङ्क विश्लेषण र पुर्नर्बीमा प्रविधिको भूमिकामा आधारित कार्यशालाहरू विशेषरुपमा लाभदायक 

३. प्रविधिको प्रभावबारे अनुसन्धान

डिजिटल रुपान्तरण: प्रविधिले पुर्नर्बीमा उद्योगमा कसरी परिवर्तन ल्याएको छ र यसको नियामक प्रभावबारे छलफल भयो । ब्लकचेन, एआई र तथ्याङ्क विश्लेषणमा आधारित छलफलले बजार स्थायित्व र उपभोक्ता संरक्षणको महत्त्वलाई उजागर

४ स्थानीय सन्दर्भमा विश्वव्यापी ज्ञानको अनुकूलन

नवीनतामा ध्यान: सम्मेलनले डिजिटल रूपान्तरणका नवीन विचारहरूलाई स्थानीय बजारमा कसरी लागू गर्न सकिन्छ भन्ने विषयमा विशेष छलफल गर्‍यो ।

५ भविष्यका नीतिहरूको प्रेरणा

कार्य वृद्धि रणनीतिहरू : सम्मेलनबाट प्राप्त ज्ञान र जानकारीले पुनर्बीमा क्षेत्रमा सुधार गर्नका लागि कार्य वृद्धि रणनीतिहरू प्रेरित गर्छ 

‘स्टेकहोल्डर’को संलग्नता : उद्योगमा सहकार्य र नवीनतालाई प्रवर्धन गर्ने पहलहरू प्रकाश

६ रणनीतिक जानकारी 

पुर्नर्बीमा प्रदायक र ब्रोकरहरूले बजार परिवर्तन र ग्राहकहरूको बढ्दो आवश्यकताहरूलाई राम्रोसँग बुझ्न महत्त्वपूर्ण जानकारी प्राप्त

७ नवचार र सहकार्य : नयाँ प्रविधिहरू र व्यावसायिक मोडलहरूको छलफलले पुनर्बीमा बजारमा साझेदार चुनौतीहरूको समाधानका लागि सहकार्यात्मक पहलहरू 

८ नेटवर्किङ र सहकार्य अवसरहरू

सञ्जाल निर्माण

घटनाले पुर्नर्बीमाकर्ता, ब्रोकर, प्रविधि प्रदायक लगायतका स्टेकहोल्डरहरूलाई पुर्नर्बीमा क्षेत्रमा सहकार्य र ज्ञान आदान-प्रदानको अवसर उपलब्ध गरायो । सिंगापुर इन्टरनेशनल रिइन्स्योरेन्स कन्फरेन्स (SIRC) विशेषगरी सुस्त बजारका लागि महत्त्वपूर्ण छ, जस्तै नेपाल । यसले नेपालको पुनर्बीमा क्षेत्रलाई निम्न तरिकाहरूमा सहयोग र्पुयाउँछ ।

नियामक संरचनाको जानकारी

SIRC ले विभिन्न देशका पुर्नर्बीमाकर्ता, ब्रोकर, र नियामकहरूलाई एक ठाउँमा ल्याउँछ । नेपालका नियामकहरूले उन्नत बजारहरूबाट नयाँ नीति, कानुन, र व्यावसायिक अभ्यासहरू सिक्न सक्छन् । यसले नेपालको पुर्नर्बीमा नियमनलाई अझ बलियो बनाउन सहयोग पुर्‍याउँछ ।

नेपालको पुर्नर्बीमा उद्योगलाई सुदृढीकरण

नेपालको पुनर्बीमा उद्योग अझै विकासको चरणमा छ । यस्तो ‘इभेन्ट’ले नेपाललाई अन्तर्राष्ट्रिय पुर्नर्बीमा प्रदायकहरूसँग सम्बन्ध विस्तारको प्लेटफर्म प्रदान गर्छ । पुर्नर्बीमा प्रदायकहरूसँग सम्बन्ध निर्माण गर्न मद्दत पुर्‍याउँछ । अन्तर्राष्ट्रिय मापदण्डहरूमा समायोजन गर्न स्थानीय नियामकहरूलाई सक्षम बनाउँछ । नयाँ रणनीतिहरूको चर्चा गरी पुनर्बीमा बजारलाई बलियो बनाउन सहयोग पुर्याउँछ ।

नयाँ जोखिम र अनुकूलन रणनीतिहरू:

SIRC ले नयाँ जोखिमहरूलाई सम्बोधन गर्छ, जसले विकासोन्मुख राष्ट्रहरू, जस्तै नेपालमा गम्भीर प्रभाव पार्छ । सम्मेलनले निम्नलिखित जानकारीहरू प्रदान गर्छ:

महत्त्वपूर्ण दृष्टिकोण:  जलवायु–सम्बन्धी जोखिमहरूको मूल्याङ्कन कसरी गर्ने र प्राकृतिक प्रकोप तथा वातावरणीय जोखिमहरूलाई व्यवस्थापन गर्नका लागि उपलब्ध उपकरणहरूको बारेमा जानकारी

परिमाणात्मक बीमाको गहिरो बुझाई: यो बीमाले अप्रत्याशित जोखिमहरूको व्यवस्थापनका लागि समाधानहरू प्रदान गर्छ, जस्तै भूकम्प, बाढी र पहिरो जसले नेपालमा बारम्बार चुनौती सिर्जना गर्छ ।

नवीन मोडेलहरूमा पहुँच:  नेपालको सन्दर्भमा लागू गर्न सकिने नयाँ जोखिम बाँडफाँडका प्रणालीहरूको जानकारी प्राप्त गरेर ठूला घटनाहरूका प्रभावहरू कम गर्न सहयोग पुर्‍याउँछ ।

क्षमता निर्माण र ज्ञान हस्तान्तरण:  

सम्मेलनमा सहभागी हुनु नेपालका नियामक निकायहरूका लागि सिकाइको महत्त्वपूर्ण अवसर हुन सक्छ । यसले क्षमता निर्माणका अवसरहरू प्रदान गर्छ ।

सम्मेलनको प्रभावकारिता 

जोखिम मूल्याङ्कन, दाबी व्यवस्थापन र मूल्याङ्कन प्रक्रियामा अत्याधुनिक प्रविधिहरूको जानकारी प्राप्त गरेर नेपालको बीमा प्रणालीलाई अझ प्रभावकारी र पारदर्शी बनाउन सहयोग पुर्याउने छ । ‘इन्सुरटेक’ र ‘डिजिटल’ समाधानहरूको गहिरो समझ विकास गर्छ, जसले नेपालमा आधुनिक प्रविधिहरूको प्रभावकारी समावेशीकरणलाई सम्भव बनाउँछ ।

अन्तर्राष्ट्रिय ‘स्टेकहोल्डर’हरूसँग सम्बन्ध विस्तार

सो सम्मेलन पुर्नर्बीमाकर्ता, ब्रोकर, नीति निर्माता, र विश्वभरका नियामक निकायहरूसँग नेटवर्किङ गर्ने केन्द्र हो । नेपालका नियामकहरूका लागि यसले निम्न अवसर प्रदान गर्छ । महत्त्वपूर्ण व्यक्तिहरूसँग सम्बन्ध निर्माण, विश्वव्यापी पुर्नर्बीमाकर्ता, अन्य नियामक निकायहरूसँग सहकार्य र साझेदार निर्माण गर्ने अवसर सृजना सो सम्मेलनले प्रदान गर्‍यो ।

नेपालको आर्थिक वृद्धिमा बीमा र पुनर्बीमाको भूमिकाः

SIRC ले नेपालका बीमा नियामकहरूलाई आर्थिक विकासको सन्दर्भमा रणनीतिक सोच्न प्रेरित गर्छ। उदाहरणका लागि, बीमा उपलब्धता बढाउन मद्दत गर्न सक्छ भने विशेष गरी ठुला पूर्वाधार परियोजनाहरूका लागि यसको भूमिका महत्त्वपूर्ण हुन सक्छ। यसले नवीकरणीय ऊर्जा, कृषि र सहरी विकास जस्ता क्षेत्रमा लगानीको प्रवर्द्धन गर्छ। प्रभावकारी पुर्नर्बीमा बजारको विकास गर्दै नियामकहरूले नेपालका स्थानीय र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि थप अनुकूल अवस्था सिर्जना गर्न सक्छन् ।