कृषि बीमाको उदय

कृषि बीमाको उदय



काठमाडौं– नेपाललाई कृषि प्रधान देश भनेर चिनिन्छ । मुलकका अधिकांश जनसङ्ख्याकोे आफ्नो जीविकाको साधन नै कृषि क्षेत्र हो । धेरै नागरिकको आय र रोजगारीको मुख्य स्रोतका रूपमा कृषि क्षेत्रलाई अँगालेका छन् । देशको कुल गार्हस्थ्य उत्पादनको करिब एकतिहाइ भाग ओगटेको यो क्षेत्र समय–समयमा हुने अप्रत्याशित दुर्घटनासँग जुध्दै गुज्रिन बाध्य छ  । जलवायु परिवर्तनका कारण, अप्रत्याशित घटनाहरु र कृषिमा असर पर्ने कामहरुले गर्दा किसानहरु मर्का पर्ने गरिन्छ ।
कृषि व्यवसायमा हुने जोखिमको भार कम गरी कृषकको आर्थिक उन्नति तथा साख कायम राखी निर्वाहमुखी कृषि पेसालाई व्यावसायिक कृषि पेसातर्फ उन्मुख गराउने उद्देश्यले बीमा समितिबाट वि।सं २०६९ देखि बाली तथा पशुपन्छी बीमा निर्देशन २०६९ मार्फत नेपालमा कृषि बीमाको सुरुवात गरिएको हो  ।


निर्देशिका परिमार्जन गर्ने क्रममा बीमा समितिले निर्देशिकाको क्षेत्रलाई अझै बृहत बनाउन २०७७ मंसिर १५ गते कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ जारी गरेको थियो भने त्यसलाई पनि परिमार्जन गरि कृषकको माग अनुसार जडिबुटी समेतलाई समेटेर २०७९ श्रावण १ गतेबाट लागु हुने गरि कृषि, पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिका, २०७९ जारी भयो ।
त्यसैगरी नेपाल सरकार, कृषि विकास मन्त्रालयबाट २०७० श्रावण १ गतेबाट लागु हुने गरि बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने निर्देशिका, २०७० जारी गरि कृषि बीमाको बीमाशुल्कमा अनुदानको व्यवस्था पनि गरिएको छ । पहिलो बर्ष बीमाशुल्कको ५५ प्रतिशत मात्र अनुदान दिने व्यवस्था गरिएको थियो भने दोश्रो बर्ष २०७१ श्रावण १ गतेबाट बीमाशुल्कमा ७५ प्रतिशत अनुदान दिने निर्णय भयो पुन् २०७७ आश्विनबाटै लागुहुने गरि बीमा शुल्कमा दिने अनुदान ८० प्रतिशत र्पुयाइयो ।
कृषि प्रधान देशमा किसानहरुको सहज,र सहयोग हुने प्रावधान मध्ये बीमा पनि हो । किसानका लागि कृषी बीमाका धेरै फाइदाहरू छन्। । बीमाले बाढी, पहिरो, खडेरी, आँधी, आगलागी जस्ता प्राकृतिक प्रकोपहरूको प्रभावहरू विरुद्ध सुरक्षा प्रदान गर्दछ, बीमाले कृषकलाई अप्ठ्यारो परिस्थितिमा सहयोग गर्ने काम गर्छ ।