काठमाडौं – सानो छँदा देख्ने सपना जीवनका निर्दोष, अव्यवहारिक, तर अद्वितीय सपना हुन्छन् । ती सपनाहरूमा गहिरो कल्पना र ठुला आकाङ्क्षा हुन्छन् । ती हाम्रा बाल्यकालका कहिल्यै नबिर्सने स्मृति हुन् । जसले जीवनका कठिन क्षणहरूमा पनि एक प्रकारको मिठास ल्याउँछ । यस्तै, आफ्नो बाल्यकाल सम्झिँदा चंकी क्षेत्रीको अनुहारमा पनि यस्तै मिठास देखियो ।
सानो छँदा आफुले देखेको सपना र अहिलेको परिवेशलाई मूल्याकंन गर्दा उनी आफै निःशब्द हुन्छन् । तनहुँ जिल्ला भानु गाउँपालिका समजुर गाउँमा घर भएका क्षेत्री यतिबेला बीमा क्षेत्रमा निर्जीवन बीमक सघंमा अध्यक्ष र सलिको बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् ।
मेरा बुबा कुँवर परिवारको क्षेत्री र आमा गुरुङ भएपछि समाजमा विवाहको लागि समस्या भयो । त्यो समयमा जातपातको कुराहरू धेरै थियो । त्यसपछि भागेर आमा बुबा भारत जानु भयो । मेरो जन्म पनि भारतमा नै भयो । मेरो एक दिदी,एक बहिनी र भाइ छन् । म भारतमा पढिरहँदा नेपालको प्रकृतिको बारेमा धेरै सुनेको थिए । मैले नेपालको प्रकृतिको बारेमा नोबलतिर मात्र पढिरहेको थिए । मलाई भारतको बसाइमा नेपाल आउन धेरै रहर थियो । पछि छुटीको समयमा गाउँ आउन थाले ।
सानोमा आर्मी हुन्छु भन्ने सपना देखेका क्षेत्री भन्छन्, ‘सानोमा मलाई आर्मी हुनेमा रुचि थियो । मामाघर गुरुङ भएका कारण पनि सबै ब्रिटिस आर्मी थिए । मलाई पनि आर्मीको तयारी गर्न इच्छा भयो ।’ उनले पोखरामा आएर तयारी पनि गरे र १५ दिनपछि भारी बोक्ने समय आएपछि उनले छोडेर फर्किए ।
चंकी सानैदेखि सरल र शान्त स्वभावका थिए । पढाइमा पनि अब्बल थिए । आफ्नो पढाई सकाउनुपर्छ भन्ने सोच भएका उनी भारतको बसाइकाबीच आफ्नो गाउँ आइरहन्थे । गाउँमा बस्दा धेरै जना काठमाडौंमा बस्दै पढाईसँगै काम गर्ने चलन उनलाई रमाइलो लाग्यो । उनी पनि काठमाडौंमा आफ्नो स्नातक काम गर्दै पूरा गर्ने उद्देश्यले आए । उनले भारतको परिवारसँगकाे बसाइ र काठमाडौंको एक्लाे बसाइबीच फरक अनुभव फरक पाए । बिस्तारै मामाहरुको अनुरोधमा ओरियण्टल इन्स्योरेन्समा काम सुरु गरे ।
बिस्तारै यस क्षेत्रमा अनुभव भएपछि उनले यसलाई निरन्तरता दिए । मलाई बीमा क्षेत्रमा काम गर्दा धेरै सन्तुष्टि लागेको कुरा भूकम्प गएको समयमा दाबी दिएको कुराले सबै जनाले राहत पाउँदाको आशुले मलाई जिन्दगी खुसी दिन्छ । म आर्मी बनेको भए बीमा क्षेत्रले राम्रो मान्छे गुमाउने रहेछ जस्तै लाग्छ । बीमा क्षेत्रमा काम गर्दै गर्दा उनलाई धेरैलाई सुरक्षा दिइरहेका छौँ ।
हरेक दसैंमा म गाउँमा नै जान्छु । भारतको बसाईमा दसैं मनाउन नेपाल आउँदा रमाइलो हुन्थ्यो । नेपालमाभन्दा पनि भारतमा बस्दा नेपालको सँस्कृतिलाई बढी प्राथमिक्तामा दिइएको कारण पनि मलाई नेपाली संस्कृतिसँग बढी लगाव छ । म नेपाल फर्किएपछि दसैंमा सधैँ गाउँ नै जान्छु ।
बुबा बितेको पनि पाँच वर्ष भयो, आमा गाउँमा हुनुहुन्छ । मलाई दसैंमा धेरै परिकारहरू खान मन पर्छ । तर, खसी काट्न सबैले भन्छन् तर म सक्दिन् । खानेकुरामा बढी चासो देखाउने भएको कारण श्रीमती पनि नेवार भएको कारण घरमा धेरै परिकारहरू पाक्छ । गाउँ जाँदा मलाई धेरै रमाइलो लाग्छ । दसैंमा गाउँमा पिङ्ग खेल्ने, बच्चाहरूसँग खेल्ने र सबै जनालाई घरमा बोलाएर खाना खुवाउने गर्छु ।
प्रतिक्रिया