‘बीमा क्षेत्रले गन्तव्य खोज्न नसकेका युवाहरूलाई मार्गदर्शन दिन्छ’

‘बीमा क्षेत्रले गन्तव्य खोज्न नसकेका युवाहरूलाई मार्गदर्शन दिन्छ’

नमुना के. सी.
7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बिना खड्का जीवन बीमा क्षेत्रमा एक परिचित नाम हो । विगत आधा दशकदेखि बीमा क्षेत्रमा लागेकी उनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको बेनी शाखाको चिफ एजेन्सी म्यानेजर हुन् । बीमा क्षेत्रमा जोडिएर बीमाको चेतना फैलाइरहेकी बिनाले आफ्नो लगनशीलता र मिहिनेतले छोटो समयमा नै ठुलो सफलता हात पारेकी छिन् । पढाई सकेर बीमा क्षेत्रमा भविष्य खोजेकी बिनाले धेरै महिला दिदीबहिनीलाई बीमा क्षेत्रमा जोडिएर काम गर्न प्रेरित समेत गरिरहेको बताउँछिन् ।


बीमा क्षेत्रले दिएको प्रेरणा
बिना यस क्षेत्रमा काम गर्नु अघि अध्ययनमा थिइन् । पढ्दा पढ्दै आगामी दिनको योजना उनीसँग थिएन । बिनाले आफू पढ्दै गर्दा गाउँमा बीमा क्षेत्रमा नै अभिकर्ता भएर काम गरिरहेका नाताले दाइ पर्ने व्यक्ती आएर बीमा बारे जानकारी गराए । ती व्यक्तिको कुराबाट प्रभावित बनेकी बिना बीमा क्षेत्रमा काम गर्ने निर्णयमा पुगिन् र बीमा अभिकर्ताका रुपमा काम सुरु गरिन् ।

बीमा क्षेत्रमा आफू संलग्न भएपछि बीमा क्षेत्रमा नै आफ्नो भविष्य देखिन बिनाले । पेसाप्रति सन्तुष्टि रहेको बताउँदै बिना भन्छिन्, ‘यो पेसामा आफूलाई पारिवारिक सपोर्ट भएका कारण पनि सफलता पाएको छु ।’ बीमा रोजगारी सिर्जना गर्ने मुख्य क्षेत्रका रुपमा परिचित छ । यो क्षेत्रमा हजारौँले रोजीरोटी पाएका छन् ।बीमा त्यस्तो क्षेत्र हो, जसले धेरै गन्तव्य खोज्न नसकेका युवाहरूलाई मार्गदर्शन दिन्छ,’ उनले भनिन्, ‘म आफू पनि बीमा क्षेत्रमा लागेर धेरै नै खुसी छु ।’

बीमा रोजगारी सिर्जना गर्ने मुख्य क्षेत्रका रुपमा परिचित छ । यो क्षेत्रमा हजारौँले रोजीरोटी पाएका छन् ।

उनी आफू जस्तै अरू युवाहरूलाई पनि बीमा क्षेत्रमा काम गर्न प्रेरणा दिई दिन्छिन् । बीमा क्षेत्रमा काम गर्न धेरै चुनौती भएको र चुनौतीले नै मान्छेहरूलाई आत्मबल बढाउने उनको धारणा छ । बीमा अभिकर्ता भएसँगै उनको जीवनमा मात्रै होइन उनले बीमा क्षेत्रमा आबद्ध भई काम गर्न प्रोत्साहन गरेर बीमा क्षेत्रमा काम गरिरहेकाहरू समेत बीमा क्षेत्रबाट राम्रो प्रतिफल लिइरहेका छन् । बीमाले देश निर्माणमा पनि सहयोग पुग्ने उनको भनाई छ । ‘बीमा अभिकर्ताले प्रिमियम सङ्कलन गरि बीमा कम्पनीलाई बुझाउँछन्,’ बिना थप्छिन्, ‘यसबाट छरिएको रकमलाई एक ठाउँमा संकलन हुन्छ ।’


अभिकर्ता समाजसेवी पनि हुन्
बीमा बजार बीमा अभिकर्ताविना अधुरो छ । तर, यो पेसा मात्र नभएर समाजसेवा पनि भएको बताउँछिन् उनी । ‘बीमामा काम गर्दा सबैलाई राम्रो काममा संलग्न गराएको जस्तो लाग्छ,’ बिनाले भनिन्, ‘अभिकर्ताहरूले बीमाको दायरा बढाउन अहम् भूमिका निभाइरहेका हुन्छन् ।’ जसबाट बीमितको आर्थिक जोखिम न्यूनीकरण हुन्छ । अभिकर्तामा आम नागरिकलाई सम्झाउन र यस क्षेत्रको महत्व बुझाउन सक्ने क्षमता र इमानदारिता चाहिन्छ । ‘बीमामा प्रलोभन तथा लोभमा पर्न हुँदैन,’ बिनाले भनिन्, ‘ग्राहकहरूलाई बीमा बुझाउनका लागि आफू पनि सक्षम हुनुपर्छ ।’

बीमा त्यस्तो क्षेत्र हो, जसले धेरै गन्तव्य खोज्न नसकेका युवाहरूलाई मार्गदर्शन दिन्छ,’

केही मानिसहरूका कारण महिलाहरूलाई काम गर्न पुरुषको तुलनामा चुनौती भएको बिनाको अनुभव छ । ‘केही पुरुषको गलत नजरका कारणले कामका सिलसिलामा असहज वातावरण सृजना हुन्छ,’ बिनाले भनिन्, ‘तर म कहिले पनि पछाडि परिन् । झन् धेरै निरन्तरता दिए ।’ तर आफूले महिला कमजोर छैनन् भन्ने भाष्य निर्माण गरेको बिनाको भनाई छ ।


सहज परिस्थितिको बीमा, असहज परिस्थितिमा सुरक्षा
बीमा महत्त्वपूर्ण छ भन्ने शिक्षा समाजमा फैलाइरहेकी बिना बीमाबारे चेतना फैलाइरहेकी छिन् । उनी धेरैलाई बीमा सहज परिस्थितिमा गरिने असहज स्थितिको आर्थिक सुरक्षा भएको बताउँछिन् । ‘बीमा एकदमै महत्त्वपूर्ण हुन्छ । सबै जनाले बीमा गर्नुपर्छ यसले सुरक्षा प्रदान गर्छ,’ उनी भन्छिन्, ‘मानिसमा बीमा सम्बन्धी बुझाइमा परिवर्तन आएको तर बीमाको पहुँचमा भने अझै पनि भनेजस्तो प्रतिफल देखिएको छैन । पछिल्लो समय बीमामा सरेण्डर केस बढ्ने, बीमाको पहुँचमा कमी आउने समस्याहरू देखिइरहेका छन् । यस्ता समस्या समाधान र न्यूनीकरण गर्न अभिकर्ताहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । यसमा बिना आफू पनि अभिकर्ता भएका नाताले बीमाको दायरा बढाउन सक्दो मिहिनेत गरिरहेको बिताउँछिन् ।