काठमाडौं– प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।
बैंकले बिक्रीमा राखेको शेयरको कित्ता भने खुलाएको छैन । बैंककाअनुसार सूचना प्रकाशित भएको मिति भदौ २५ गतेको ३५ दिन भित्र बैंकका कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ ।
सो समयमा भित्र कुनै निवेदन प्राप्त हुन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा बैंकहरूलाई जारी गरेको निर्देशनअनुसार अन्य संस्थापक शेयरहरू खरिद गरी लगानी गर्न चाहने अन्य नयाँ व्यक्तिहरू खोजी बिक्री गरिने बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया