पौने १२ अर्बको ट्रेजरी बिलको बोलकबोल आज, मंगलबार जारी हुने

पौने १२ अर्बको ट्रेजरी बिलको बोलकबोल आज, मंगलबार जारी हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । केनद्रीय बैंकले यसअघि जारी गरिसकेको बिलको म्याद समाप्त भएपछि पुनः बिक्री गर्ने भएको हो ।

केन्द्रीय बैंकले ९१ दिन अवधिको ५ अर्ब ५३ करोड, १८२ दिन अवधिको ४ अर्ब ३० करोड र ३६४ दिन अवधिको २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

चैत ८ गते मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि चैत ७ गते सोमबार (आज) दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
राष्ट्र बैंकले जारी गर्ने ९१ दिनको ट्रेजरी बिल २०७९ असार ७ गते, १८२ दिनको ट्रेजरी बिल २०७९ असोज ४ गते र ३६४ दिनको ट्रेजरी बिल २०७९ चैत ७ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिलको खरिदका लागि आज दिउँसो ३ बजेभित्र अनलाइनका माध्यमबाट बोलकबोलमा सहभागि हुन सकिनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।

सरकारलाई आश्वयक पर्ने अल्पकालीन ऋण यस्तो बिल मार्फत केन्द्रीय बैंकले जुटउने गर्दछ । मुद्रा बजारको एक प्रमुख उपकरणको रुपमा रहेको ट्रेजरी बिल ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो ।

केन्द्रीय बैंकले टे«जरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको जारी गर्ने गरेको छ । नेपालमा हाल २८ दिने ट्रेजरी बिल प्रचलनमा छैन ।