नेपाल लाइफ क्यापिटलको शेयर बिक्रीमा


काठमाडौं – नेपाल लाइफ क्यापिटलले शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले भोलि अर्थात् साउन ८ गतेदेखि अवितरित हकप्रद शेयर बिक्रीमा राख्ने भएको हो ।

कम्पनीले ४ लाख ३८९ कित्ता हकप्रद शेयर बिक्रीमा राखेको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले साउन २२ गतेसम्म आवेदन दिनुपर्नेछ ।

क्यापिटलको १०औं बार्षिक साधारण सभाले चुक्ता पुँजी २९ करोड ९९ लाख ३ हजार ६ सय रुपैयाँको १ः०.५ अर्थात ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

सोही बमोजिम कम्पनीले अंकित मूल्य १ सय रुपैया दरको १४ लाख ९९ हजार ५१८ कित्ता हकप्रद शेयर बिक्रीमा राखेको थियो।