बीपी क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ


काठमाडौं – भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस लिँदै गर्दा पक्राउ परेकी छन् ।

अख्तियार दुरूपयाेग अनुसन्धान आयोगकाे टोलीले उनलाई आइतबार १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित पक्राउ गरेको हाे ।

औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत घुस रकम लिँदै उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।