‘हामीले बीमा क्षेत्रमा डिजिटल प्रविधिलाई प्राथमिकता दिएर पेपरलेस काम गरिरहेका छौँ’

‘हामीले बीमा क्षेत्रमा डिजिटल प्रविधिलाई प्राथमिकता दिएर पेपरलेस काम गरिरहेका छौँ’


काठमाडौं – चिरायु भण्डारी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । उनी नेपाल पुनर्बीमा कम्पनीका पुर्व प्रमुख कार्यकारी अधिकृत पनि हुन्। उनी नेपाल पुनर्बीमा कम्पनीको कार्यकाल पुरा गरेर प्राइम लाइफमा प्रवेश गरेका थिए। प्राइम लाइफबाट बाहिरिएका भण्डारी अन्तत नयाँ लघु जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेर काम गरिरहेका छन्।

नेपाल सरकारको लक्ष्य एवं नेपाल बीमा प्राधिकरणको उद्देश्य अनुरूप न्यून आय भएका व्यक्ति, गरिबीको रेखामुनि रहेको वर्ग, सीमान्तकृत समूह, विपन्न वर्ग लगायतका नागरिकहरूलाई बीमा सेवा प्रदान गर्न बीमा ऐन २०७९ को अधीनमा रही प्राधिकरणबाट विधिवत रुपमा स्वीकृति प्राप्त गरी नेपालको पहिलो लघु जीवन बीमा कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा कार्यरत रही बीमा बजारमा अहम भूमिका निर्वाह गरिरहेका छन्। लघुबीमा क्षेत्रमा देखिएको सकारात्मक पक्षलाई झनै प्रभावकारी बनाउन लघु बीमकहरुको छाता सङ्गठन ‘नेपाल लघु बीमक संघ’ को स्थापना गरि भण्डारी अध्यक्षको भूमिका निर्वाह गरिरहेका छन्।

पछिल्लो समय लघुबीमाले बजारमा राम्रो प्रस्तुति दिइरहेको अवस्थामा लघुबीमामा आकर्षण बढाउन गाह्रो रहेको उनको भनाई छ । उनी भन्छन्,‘लघुबीमा नयाँ व्यवस्था हो सुरुवाती चरणमा बीमाको सचेतना पुर्याउन नै गाह्रो भैरहेको छ ।’ यस्तो अवस्थामा ठूला बीमा कम्पनीले पनि पहिला माइक्रो फाइनान्स सगँ मिलेर लघुबीमा गराइरहेका नै थिए तर अहिले ठुला बीमा कम्पनीहरूले ठुलो ठुलो रकमको मात्र बीमा गर्छौ भन्ने सोच राख्नु सकारात्मक नरहेको उनको बुझाई छ । बजेटले बीमा क्षेत्रलाई सम्बोधन गरेन भन्ने गुनासो सरोकारवालाहरूको आइरहँदा लघुबीमाको लागि पनि बजेट खासै सन्तोषजनक नरहेको उनको भनाई छ । ‘हामीलाई पनि सरकारले लघुबीमालाई प्राथमिकता राख्छ भन्ने आशा थियो । सरकारले लघुुबीमालाई सम्बोधन गरेको छ तर लघुबीमाकै हितमा हुने केही पनि प्रावधान ल्याउन भने सकेन ।’ यसो हुदाँ कसरी अधि बढ्ने कसरी काम गर्ने , भन्ने कुरामा अन्योलमा परिने उनले बताए ।

नेपाल बीमा प्राधिकरणबाट विधिवत् रूपमा स्वीकृति प्राप्त गरी नेपालको पहिलो लघु जीवन बीमा कम्पनीको रूपमा यस ‘गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स’ ले व्यवसाय सँगै बीमा क्षेत्रमा पनि राम्रो अनुभव बटुलिरहेको छ । भण्डारी भन्छन्,‘हामीले सबै कारोबार डिजिटल माध्यमबाट गरिरहेका छौ । गार्डियन माइक्रो लाइफ इस्योरेन्सले मार्केटमा मोबाइल बाट नै सबै पोलिसीहरु बेचिरहेको छौ । हामीले पेपरलेस काम गरिरहेका छौ । तर पनि अझै बीमाको बारेमा बुझन वा बीमा गर्न पोलिसी स्पष्ट भएको पेपर नै खोज्छन् । तर हामीले उहाँहरूको मोबाइलमा केही मिनेटमा नै सबै कुरा स्पष्ट हुने गरी मोबाइलमा नै पठाउँछौ ।’उनले बताए ।

ठूला बीमा कम्पनीले लघुबीमा गरिरहे लघुबीमामा कुनै पनि प्रभावकारी प्रतिफल नआएपछि लघुबीमा कम्पनी कै सूरुवात गरियो। लघुबीमा कम्पनीले बेच्ने पोलिसी र ठुला बीमा कम्पनीले बेचने पोलिसीमा फरक खोजिरहँदा भण्डारी भन्छन्, ‘लघुबीमा भन्ने बित्तिकै पाँच लाख सम्मको मात्र हो। हाम्रो पाँच लाख भन्दा बढी को गर्ने क्षमता पनि छैन। लघुबीमाको क्याप नै पाँच लाखको हो । अरू ठुला कम्पनीको पाँच करोडको पनि हुन्सक्छ । उहाँहरुको क्षमता हाम्रो भन्दा बढी नै छ। ’ लघुुबीमा गर्न चाहने ग्राहकहरुको लागि गार्डिमाइक्रो लाइफ इस्योरेन्सको सुझाव मा उनी भन्छन्,‘ग्राहकहरूलाई म के भन्न चाहन्छु भने हामी भोलिको आस नदेखाई आज नै प्रतिफल दिने तरिकाले काम गछौँ । हामीसँग निर्धक्क भएर नै बीमा गराउनुहोला बोनसरेटमा कमी आउला तर ग्यारेन्टिएड रकममा कुनै गलत हुँदैन।’