काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्ष सिफारिसबारे गठित समितिले महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव माग्ने निर्णय गरेकाे छ। समितिको बैठकले महान्यायाधिवक्ता कार्यालयबाट अध्यक्ष सिफारिसबारे लिखित सुझाव माग गर्ने निर्णय गरेको हो ।
प्रक्रिया नै रद्द गरेर नयाँ थाल्ने / दुई जनाको नाम सिफारिस गर्ने / अंकका आधारमा तीन जनाको नाम सिफारिस गर्नेबारे महान्यायाधिवक्ताको कार्यालयसँग सुझाव माग्ने भएकाे हाे ।
बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्नैपर्ने धितोपत्र सम्बन्धी ऐनमा उल्लेख छ । तीन जना उपस्थित नभएको कारण उक्त निर्णय गर्न परेको हो। सर्टलिस्टमा परेका अध्यक्षका उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले आइतबार अन्तर्वार्ता दिएका थिए ।
बाँकी तीन जना बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्णबहादुर कार्की र बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं दुई पटक नै अनुपस्थित भएका छन् ।



About Us
प्रतिक्रिया