काठमाडौं – चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै ११ अर्ब २९ करोड ४६ लाख रुपैयाँ प्रत्यक्ष एफडीआई प्रतिबद्धता आएको छ । जेठमा अटोमेटिक रुटबाट मात्रै ८ अर्ब २७ करोड ९० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको हो।
विभागका अनुसार जेठमा साना ५१ वटा र मझौला एक वटा उद्योगमा लगानी प्रतिबद्धता आएको छ । जेठमा सबैभन्दा पर्यटन क्षेत्रमा ३२.६२ प्रतिशत, सेवा क्षेत्रमा ११.२१, उत्पादनमा ६.११, सूचना तथा प्रविधिमा १.२, खनिजमा १.२ र कृषिमा १.२ प्रतिशत लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको एघार महिनामा ५५ अर्ब बराबरको विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म ५४ अर्ब ८५ करोड ७८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको भनाइ छ।



About Us
प्रतिक्रिया