शेयर बजारमा सामान्य अंकको वृद्धि


काठमाडौं – साताको चौथो कारोबारको दिन आज (बुधबार) शेयर बजारमा सामान्य वृद्धि देखिएको छ । आज शेयर बजार नेप्से परिसूचक २ दशलमव २७ अंकले बढेर २,०७८ को विन्दुमा कायम भएको छ। आज १३५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ कम्पनीको शेयर मूल्य घटेको छ।

आज ३०८ कम्पनीको ७२ लाख ९ हजार ७५७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै नेपाल फाइनान्सको २० करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। गोर्खाज फाइनान्सको ९ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

ग्लोबल आइएमई लघुवित्तको ८ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।