काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) मा नयाँ अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया आजबाट सकिने भएको छ। आज यसअघि छनोट प्रक्रियामा सहभागि नभएका ३ जना प्रतिद्वन्द्वीलाई अन्तर्वातामा बोलाइएको छ। तीन प्रतिद्वन्द्वीलाई आज बिहान ९ देखि ११ बजेसम्म हरेक घण्टाको फरकमा अन्तर्वाताका लागि बोलाइएको हो।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिले ३ जनाको नाम मन्त्री परिषद्मा सिफारिस गर्नुपर्ने कानूनी व्यवस्था छ। तर गत आइतबार बोलाइएको अन्तरवार्ता र प्रस्तुतिकरणमा २ जना प्रत्यासीमात्रै उपस्थिति भएपछि उक्त प्रक्रियाबारे अन्योल भएको थियो ।
आज नेपाल धितोपत्र बोर्डकै कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवी चापागाईँ र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीलाई अन्तरवार्ताका लागि बोलाइएको छ।
यसमध्ये कुनै एक जनामात्रै प्रस्तुतीकरणमा सहभागि भए पनि नियमानुसर सिफारिस समितिले काम गर्न सक्नेछ। बिहीबार (भाेलि) बस्ने मन्त्री परिषदको नियमित बैठकले कुनै एक जनालाई सेबोनको नयाँ अध्यक्षको नियुक्त गर्न सक्नेछ।



About Us
प्रतिक्रिया