बुधबारको विदेशी मुद्राको विनिमय दर कुन देशको कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १६ पैसा र बिक्री दर १३३ रुपैयाँ ७६ पैसा रहेको छ। यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ६८ पैसा र बिक्री दर १४३ रुपैयाँ ३२ पैसा तोकिएको छ।

आज, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९३ पैसा र बिक्री दर १६९ रुपैयाँ ६९ पैसा रहेको छ। यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ४७ पैसा रहेको छ।

त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसामा कारोबार भैरहेको छ।