काठमाडौं – कपाल उमार्ने, झर्नबाट रोक्ने भन्दै महँगो शुल्क लिएर बिक्री गरिँदै आएको श्री केश तेलको बिक्रीमा काठमाडौं महानगरपालिकाले ३ दिनसम्म प्रतिबन्ध लगाएको छ। महानगरको राजस्व विभागका अनुसार तेलको बिक्रीमा आइतबारबाटै प्रतिबन्ध लगाइएको हो।
महानगरले तीन दिनसम्म बिक्री वितरण नगर्न र महानगरले सोधेको स्पष्टीकरण बुझाउन समय दिएको छ। सप्तऋषि आयल एन्ड कस्मेटिक प्रालिले उत्पादन गर्दै आएको श्री केश तेल एक बोतलकाे ३ हजार रुपैयाँमा बिक्री वितरण हुँदै आएको छ।



About Us
प्रतिक्रिया