काठमाडौं – काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा नेपाल बाल संगठनका तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले श्रेष्ठलाई आइतबार पक्राउ गरेको हो। अनाथ बालबालिकाको संरक्षणका गर्दै आएको संगठनको जग्गा लिज सम्झौताका नाममा अनन्तकालसम्म व्यापारीलाई सुम्पने कार्य गरेको भन्दै उनीहरुविरुद्ध जाहेरी परेको थियो ।
नक्सालमा रहेको करिब २९ रोपनी जग्गा वार्षिक एक करोड ९ लाख रुपैयाँ तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको थियो। यसरी जग्गामा विभिन्न गतिविधि सञ्चालन गरेको आरोपमा २० जनाविरूद्ध गत वैशाख २७ गते पुर्जी जारी भएको थियो। त्यसैमध्येका एक तत्कालीन महासचिव श्रेष्ठलाई पक्राउ गरिएको हो।



About Us
प्रतिक्रिया